१ लिटर बोतलको लेबल अद्यावधिक गरिएको छ — प्रयोग मात्रा, ब्याच विवरण र सावधानी अझ स्पष्ट रूपमा प्रस्तुत गरिएको।
The 1-litre label has been revised — dose rates, batch details and precautions are now presented far more clearly.
लेबलमा के फेरियो
पुरानो लेबलमा प्रयोग मात्रा सानो अक्षरमा एकै ठाउँमा राखिएको थियो। नयाँ संस्करणमा तीनै प्रयोग विधि — विउ/बेर्ना उपचार, स्प्रे र माटो प्रयोग — छुट्टाछुट्टै पङ्क्तिमा, चित्रसहित प्रस्तुत गरिएको छ।
ब्याच नम्बर, प्याक मिति र म्याद सकिने मितिका लागि छापिएको खाली स्थान अब पछाडिको प्यानलमा स्पष्ट रूपमा देखिने ठाउँमा सारिएको छ, जसले किसान तथा डिलर दुवैलाई स्टक जाँच्न सजिलो बनाउँछ।
लेबल नै किसानसँगको पहिलो प्राविधिक सञ्चार हो — त्यसैले यसमा लेखिएको हरेक अङ्क पढ्न सकिने हुनुपर्छ।
सावधानी खण्ड
एण्टीबायोटिक्स, फन्जिसाइड तथा विषादीसँग नमिसाउने चेतावनी अब रातो घेरामा छुट्टै राखिएको छ। बालबालिकाको पहुँचबाट टाढा राख्ने र कृषि प्रयोजनकालागि मात्र भन्ने सूचना पनि सँगै।
What changed on the label
On the old label the dose rates sat together in small type. In the new edition all three methods — seed/plantlet treatment, foliar spray and soil application — get their own row with an illustration.
The printed blanks for batch number, packing date and expiry have moved to a clearly visible position on the back panel, which makes stock checking easier for both farmers and dealers.
The label is the first piece of technical communication a farmer gets from us — every figure on it has to be readable.
The precautions block
The warning against mixing with antibiotics, fungicides and pesticides now sits on its own inside a red rule, together with the notices to keep the product away from children and to use it for agricultural purposes only.